काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् ।
हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने बताएका हुन् । उनीहरुले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने भन्ने वाक्यांश तत्काल हटाइनुपर्ने माग राखेका छन् ।
त्यस्तै, पूर्ण छात्रवृत्ति भन्ने शब्द पनि हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने, छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने उनीहरुको माग छ ।