Logo

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । काठमाडौँ महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।

महानगरपालिकाले छात्रवृत्तिको लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । परीक्षा बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो ।

महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए । ओएमाआर प्रणालीद्वारा उत्तरपुस्तिका जाँच गरिएको थियो ।

नतिजाका लागि यहाँ क्लिक गर्नुस्

https://entrance.kathmandu.gov.np/?fbclid=IwY2xjawLpaR5leHRuA2FlbQIxMQABHkxUonwwqLwtmHnZ6tvSQ1gLXE5rW2KQV4Hk1e7cLWuGXNzuTkRzFYKxM0yT_aem_8X36E-eaDitlgUMW2n1Qgw

प्रतिक्रिया दिनुहोस्