Logo

प्रिमियर अन्तर्राष्ट्रिय स्कुलको विद्यार्थी नेतृत्व सम्मेलन सम्पन्न

प्रिमियर अन्तर्राष्ट्रिय स्कुलको विद्यार्थी नेतृत्व सम्मेलन सम्पन्न



काठमाडौँ । प्रिमियर अन्तर्राष्ट्रिय आईबी कन्टिनम स्कुलको तत्त्वावधानमा विद्यार्थी नेतृत्व सम्मेलन सम्पन्न भएको छ। स्कुलको शैक्षिक र प्रशासनिक नेतृत्व टोलीले सम्मेलनको सञ्चालन गरेका थिए ।

laxmi

आई. बी. एम्. वाई. पी. र आई. बी. डी. पी.का विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयका शैक्षिक निर्देशक प्रविना थापाले भने,’यस विद्यालयले स्थापना कालदेखि नै विद्यार्थी भाइबहिनीहरूलाई नेतृत्वको अवसर प्रदान गर्दै आएको छ । नेपालको एकमात्र आई. बी. कन्टिनम स्कुलमा शैक्षिक रुचिका अतिरिक्त यस्ता नेतृत्वदायी कार्यक्रम पनि निरन्तर रूपमा सञ्चालन हुने कुरा बताउनु भयो । जसले गर्दा विद्यार्थीहरूको समग्र विकासमा टेवा पुग्नेछ।’

आई. बी. डिप्लोमा कार्यक्रमका छात्र दृशान्त महर्जनले अद्भुत अनुभव भएको बताए । कार्यक्रमको उद्देश्यअनुरूप आफूमा नेतृत्वदायी क्षमता विकास गरी भविष्यका हरेक चुनौतीहरूको सामना गर्न सक्ने उनले बताए । आफू कस्तो नेतृत्व गर्न सक्छौं भन्ने कुरा पनि यस कार्यक्रमले बुझाउन खोजेको उनले बताए ।

आई.बी.एम्. वाई. पी. १ वर्षका छात्र आगमन गौतमले भने,’यो एक ठुलो सिकाइ अनुभव हो। मैले प्राप्त गरेको नेतृत्व सिकाइले लामो समयसम्म जीवन बाँच्ने कला प्राप्त गर्न सक्नेछु ।’
कक्षा आठकी छात्रा आर्या मित्तलका अनुसार कार्यक्रमबाट छात्राहरू एकआपसमा घुलमिल हुने र साथी बनाउने सुवर्ण अवसर भएको बताइन् ।

विद्यालयकी निर्देशक पवित्र लिम्बूका अनुसार यस किसिमको नेतृत्वदायी कार्यक्रमबाट विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्नमा निकै ठुलो भूमिका रहने छ । आफूले नेतृत्व गरी नेपालभरिका विद्यालयका युवावर्गलाई नयाँ संरचनाको विकास गरी नयाँ नेतृत्व दिन निपुण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL