Logo

शिक्षा, शीप र रोजगार समितिको सभापतिमा गोपाल खनाल, शीप र शिक्षाको गुणस्तरमा सुधार हुने विश्वास

शिक्षा, शीप र रोजगार समितिको सभापतिमा गोपाल खनाल, शीप र शिक्षाको गुणस्तरमा सुधार हुने विश्वास



। नेपाल उद्योग वाणिज्य महासंघको शिक्षा, शीप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाल चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् ।

नेपालको शिक्षा र रोजगार क्षेत्रमा करिव २ दशकदेखि सक्रिया खनाल महासंघको कार्यकारिणी सदस्यमा ४ पटक निर्वाचित भइसकेका छन् । नेपालमा अन्तरराष्ट्रिय स्तरको शिक्षा भित्र्याएर अध्ययन अध्यापन गराउँदै आएका खनालले रोजगारी सिर्जनाका क्षेत्रमा पनि थुप्रै काम गर्दै आएका छन् ।

बैंक वित्त तथा जलविद्युतजस्ता क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गर्दै आएका खनालले पछिल्लो समय आफुलाई आयात निर्यात क्षेत्रमा पनि अघि बढाएका छन् । हजारौं नेपालीलाई रोजगारी दिँदै आएका खनालको उक्त समितिको सभापतिमा नियुक्त भएसँगै आगामी दिनमा दक्ष जनशक्ति उत्पादनका साथै देशभित्र शिक्षाको गुणस्तर विकासमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

उक्त समितिमा सभापतिमा खनालको चयनसँगै अहिलेको अवस्थामा देशभित्र दक्ष जनशक्ति उत्पादनका साथै देशको शिक्षाको गुणस्तर सुधारमा थप सहयोग पुग्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । साथै उनको नियुक्तीसँगै महासंघको छवी र प्रतिस्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग पुग्ने समेत ढकालको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL