Logo

इ–क्यानको अध्यक्षमा पाण्डे, अधिकांश पदमा पाण्डे समुहकै विजयी

इ–क्यानको अध्यक्षमा पाण्डे, अधिकांश पदमा पाण्डे समुहकै विजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)को अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्दी सरोजकुमार बस्नेतलाई २८ मतले हराउँदै विजयी भएका हुन् ।

इ–क्यानको चुनावमा जम्मा २ सय ५७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा विजयी पाण्डेले १ सय ४२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बस्नेतले १ सय १४ मत प्राप्त गरे ।

यसैगरी, प्रथम उपाध्यक्षमा राजेन्द्र रिजालले १ सय २८ मत प्राप्त गरी बिजयी भए । द्वितीय उपाध्यक्षमा निरज सिटौलाले १ सय २६ मत प्राप्त गरे भने तृतीय उपाध्यक्षमा विष्णुहरि पाण्डेले १ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । जसमध्ये प्रथम र द्वितिय उपाध्यक्ष बस्नेत समुहका हुन भने तृतीय उपाध्यक्ष पाण्डे समुहका हुन् ।

prakash-panday

महासचिव पद पाण्डे समुहका सन्तोष प्याकुरेल विजयी भएका छन् । उनले १ सय ५५ मत प्राप्त गरेका छन् भने सचिव पदमा पाण्डे समुहका देविदाश भट्टराईले १ सय ६२ र वस्नेत समुहबाट उमेश ढुङ्गेलले १ सय १७ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी, गरी कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बुले १ सय ४१ मत प्राप्त गरे भने सह–कोषाध्यक्षमा रमेश वाग्लेले १ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । उनीहरु दुवै पाण्डे समुहका हुन् ।

इ–क्यानको सदस्यहरुमा दीपकराज भुषाल, कमला बस्नेत, निरुपमा महर्जन, गोविन्द अधिकारी, प्रकाश श्रेष्ठ, भरत ढकाल र पुष्पराज भट्टराइ विजय भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL