Logo

इ–क्यानमा पाण्डे समुहको उम्मेदवारी, व्यवसायिक हकहित प्रमुख उद्देश्य

इ–क्यानमा पाण्डे समुहको उम्मेदवारी, व्यवसायिक हकहित प्रमुख उद्देश्य


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)को आसन्न निर्वाचनका लागि प्रकाश पाण्डे प्यानलको उम्मेदवारी घोषणा भएको छ । इ–क्यानको गरिमालाई उच्च राख्दै सम्पूर्ण सदस्यहरुलाई समेटेर अघि बढ्ने उद्देश्यका साथ आफ्नो समुहले इ–क्यानको आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको अध्यक्षका उम्मेदवार पाण्डेले बताए । व्यवसायिक हकहित नै आफ्नो मुख्य उद्देश्य भएको उनको भनाइ थियो । पाण्डे मेट्स एजुकेशन प्रालिका संचालक हुन् ।

पाण्डे प्यानलबाट उपाध्यक्षहरुमा विष्णुहरि पाण्डे, शालिकराम भण्डारी र यशोदा भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा सन्तोष प्याकुरेल रहेका छन् भने सचिवहरुमा श्रीराम पौडेल र देविदाश भट्टराई रहेका छन् । यसैगरी कोषध्यक्षमा खड्ग ताम्लिङ लिम्बु र सह–कोषाध्यक्षमा रमेश वाग्लेले उम्मेदवारी दिएका छन् ।

सदस्यहरुमा गोविन्द अधिकारी, दीपकराज भुषाल, निरुपमा महर्जन, बालकृष्ण श्रेष्ठ(बिके), प्रदिप मण्डल, प्रकाश श्रेष्ठ र यज्ञ विलाश पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । तर, कास्कीबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम भने घोषणा गरिएको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL