Logo

वनस्पती घ्यू, तयारी पोशाकले बढायो निर्यात, २६ अर्ब ३५ करोडको सामान बाहिरियो

वनस्पती घ्यू, तयारी पोशाकले बढायो निर्यात, २६ अर्ब ३५ करोडको सामान बाहिरियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा २६ अर्ब ३५ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ ।

चालु आवको चार महिनामा सो बराबरको वस्तु निर्यात भएको हो ।

जुन अघिल्लो आवको सो अवधिको तुलनामा ७ दशमलव ५ प्रतिशतले वृद्धि भई रु. २६ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा भारततर्फ २ प्रतिशत, चीनतर्फ ३३ दशमलव ५ प्रतिशत र अन्य मुलुकतर्फ १३ दशमलव ३ प्रतिशतले निर्यात बढेको छ ।

विशेषगरी वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पती घ्यू, तयारी पोशाकलगायत बस्तुको निर्यात बढ्दा समग्र निर्यातमा बृद्धि भएको हो ।

यता सो अवधिमा जुस,  जिआईपाईप, उनी गलँैचा लगायतका वस्तुहरूको निर्यात भने घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
त्यस्तै समीक्षा अवधिमा कुल वस्तु आयात १०दशमलव ८ प्रतिशतले बढेर रु. ३३४ अर्ब ३१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८७ दशमलव४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १२ दशमलव २ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७ दशमलव ४ प्रतिशतले बढेको छ । चीनबाट भएको आयात ४ दशमलव ८ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एमएस बिलेट, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, विद्युतीय सामान, रासायनिक मल लगायतका वस्तुहरूको आयात घटेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL