काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन । आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रालिबाट प्राप्त १ लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट लिँदै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन नेपालमै औषधि उत्पादन गर्नु पर्ने बताएका हुन । उनले सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो…