Logo

सरकारी लगानीको नेपाल औषधिले थाल्यो स्यानिटाईजर उत्पादन, दैनिक २० हजार बोत्तल बजारमा

सरकारी लगानीको नेपाल औषधिले थाल्यो स्यानिटाईजर उत्पादन, दैनिक २० हजार बोत्तल बजारमा



काठमाडौं । नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । बजारमा स्यानिटाइजरको अभाव भएपछि सरकारी लगानीको नेपाल औषधिले उत्पादन सुरु गरेको हो ।

कोरोना संक्रमणको त्रास बढेसँगै बजारमा स्यानिटाजरको माग ह्वात्तै बढेको छ भने साविक भन्दा दुई गुणा बढी मुल्य तिर्नुपर्ने बाध्यता छ ।

बजारमा देखिएको अभावलाई पूर्ति गर्न सरकार मातहतको नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । कम्पनीले दैनिक १०० एमएलको १५ देखि २० हजार बोतलसम्म उत्पादन थालेको जानकारी दिएको छ ।

हाल कम्पनीसँग ३० हजार बढी बोतल स्यानिटाइजर मौज्दात रहेको छ । तर बजार मागको अवस्था आँकलन गर्न नसक्दा तथा सम्बन्धित निकायको असहयोगले पूर्ण क्षमतामा काम गर्न नसकेको कम्पनीले जानकारी दिएको छ ।

विश्व स्वास्थ संगठनको मापदण्डअनुसार नेपाल औषधिले स्यानिटाईजर उत्पादन गरिरकेको छ । उक्त मापदण्ड अनुसार कुनै व्याक्टेरिया वा भाइरस निर्मुल गर्न स्यानिटाइजरमा अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्छ ।

कम्पनीले उत्पादन गरेको स्यानिटाईजरको १०० एमएलकोे बजार मूल्य १७५ रुपैयाँ तोकिएको छ । हाल कम्पनीका उत्पादन विभिन्न अस्पताल तथा सरकारी निकायले खरिद गर्न थालेको समेत कम्पनीले जानकारी दिएको छ ।

दैनिक ५० हजार बोेतल उत्पादन गर्नसक्ने क्षमता सम्बन्धित निकायले सहयोग नगर्दा कम क्षमतामा मात्र उत्पादन थलिएको समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL