Logo

९ सय मेवाको अरूण तेस्रोको काम सुरू, १५ सय मजदूरले थाले काम

९ सय मेवाको अरूण तेस्रोको काम सुरू, १५ सय मजदूरले थाले काम



काठमाडौं । लकडाउनका कारण रोकिएको निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ । संखुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधिन नौ सय मेगावाटको सो आयोजनालाई काम गर्न अनुमति दिएकाले सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समझदारीपछि काम थालिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिएका छन ।

laxmi

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले काम प्रभावित भएपछि कामदार नथप्ने र निर्माण स्थलमा भएकालाई परिचालन गरी काम थालिएको कम्पनीका कार्यकारी निर्देशक अरुण धिमानले बताए । अधिकांश मजदूर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएको बताइएको छ । भारतीय निर्माण कम्पनी सतलजले निर्माणको काम गरिरहेको छ ।

आयोजना स्थलमा रहेका करिब १ हजार ५ सय कामदारले काम थालेको आयोजनाले जानकारी दिएको छ । यस अघि आयोजनामा ३ हजार कामदार रहेपनि कोरोनाको त्रासले धेरैजसो घर गएको निर्माण कम्पनीले जानकारी दिएको छ । जस मध्ये अधिकांश कामदार भारतीय छन् ।

कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिदै काम शुरु गरिएको सो आयोजनाको विद्युत गृह र बाँधलगायतका विभिन्न सुरुङमा विस्फोटको काम थालिएको छ । लकडाउनले आयोजनामा चाहिने सिमेन्ट, डण्डीलगायतका निर्माण सामग्रीको अभाव हुने देखिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL