Logo

पारदर्शी सेवाका लागि भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने, कर्मचारी र नगद भेट नगराऔं:उद्योग मन्त्री

पारदर्शी सेवाका लागि भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने, कर्मचारी र नगद भेट नगराऔं:उद्योग मन्त्री


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

७ असार,काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले नगद र कर्मचारीको भेटघाट नहुने संयन्त्र आवश्यक रहेको बताएका छन । उद्योग विभाग परिसुरमा स्थापित ग्लोबल आईएमइको राजश्व संकलन केन्द्रको उद्दघाटनका क्रममा यस्तो बताएका हुन् ।

भ्रष्टाचारको सन्दर्भ उठाउँदै  मन्त्री बस्नेतले भ्रष्टाचार न्यूनिकरण तथा अनियमितता नियन्त्रण गर्न नगद र कर्मचारीको भेट नहुने प्रविधि र संयन्त्रको आवश्यता रहेको बताए । ‘ पारदर्शी  सेवा प्रवाहमा नगद र कर्मचारीको भेट नहोस् ’ उनले भने ।
साथै  एकद्वार प्रणाली अन्तर्गत उद्योग विभागको परिसरमा राजश्व संकलन केन्द्र स्थापना भएको र यसबाट उद्योगी, व्यापारी तथा उद्यमी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।

बस्नेतले भूकम्प पछिको टुटेको मनोविज्ञानलाई जोड्दैँ पुननिर्माण तर्फ लाग्न उद्योग, व्यवसायी तथा सबै नेपालीलाई आहृवान गरे ।

सो अवसरमा मन्त्री बस्नेतले यसअघि उद्योगमन्त्रालयको अगामी बर्षको बजेट ५ अर्ब २० करोड तोकिएकोमा भूकम्प पश्चात पुनर्निमाणमा खर्च छुट्टाउनुपर्ने भएकाले हाल ४ अर्ब ८० करोड छुट्टाइएको उनले जानकारी दिए ।

कार्यक्रममा उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले एकद्वार सेवा अन्तर्गत उद्योगी व्यवसायीलाई चाहिने  सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने योजना अन्तर्गत राजश्व संकलन केन्द्र एक्सटेन्सन काउण्टर स्थापना गरिएको जानकारी दिए । उनले विभागको परिसरमै राजश्व, कर, मालपोत, सञ्चार लागतयका इकाई सञ्चालन गर्ने योजना रहेको बताए ।

ग्लोबल आईएमइका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आईएमइले उद्योग विभागको परिसरबाट उद्योगी तथा व्यवसायीलाई सेवा प्रदान गर्ने अवसर आईएमइले पाएकोमा अभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL