Logo

शिवम् सिमेन्टले तिरेन साढे २ अर्ब विद्युत् महसुल, लाईन काटिदिने चेतावनी

शिवम् सिमेन्टले तिरेन साढे २ अर्ब विद्युत् महसुल, लाईन काटिदिने चेतावनी



काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत २ अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत ५ वर्षदेखि विद्युत् महसुलवापत सो रकम नतिरेको हो ।

laxmi

डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जानकारी दिएको छ । प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिए ।

प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति बन्द गर्न सकेको छैन । सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराएपनि हालसम्म रकम उठ्न नसकेको प्रमुख साहको भनाइ छ ।

सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई २ वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL