Logo

शिवश्री हाइड्रो पावर कम्पनीद्धारा प्रर्वद्धित अपर बलेफीको सुरुङ खन्ने काम सम्पन्न

शिवश्री हाइड्रो पावर कम्पनीद्धारा प्रर्वद्धित अपर बलेफीको सुरुङ खन्ने काम सम्पन्न



काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको चार हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सो गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजीक निर्माण गरिएको बाँधको काम ८५ प्रतिशत सम्पन्न भएको छ । यस्तै वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत् गृहको कामसमेत सम्पन्न भएको छ । विभिन्न प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिए ।

लकडाउनका कारण मेसिनरी सामान राजधानी भित्रीसके पनि आयोजना स्थलमा पु¥याउन नसकिएको कम्पनीले जनाएको छ । बाइस किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५० टावरको फाउन्डेसन तयार भइसकेको छ । शुरुमा रु छ अर्बमा निर्माण भएको आयोजनाको लागत बढेर हाल रु सात अर्ब पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL