Logo

निउ एमक्युआई प्लस इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण नेपाली बजारमा, ५ ओटा रंगमा उपलब्ध

निउ एमक्युआई प्लस इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण नेपाली बजारमा, ५ ओटा रंगमा उपलब्ध



काठमाडौं । निउ ब्राण्डले आफ्नो इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण निउ एमक्युआई प्लस नेपाली बजारमा सार्बजनिक गरेको जाएको छ । नेपाली ग्राहककै सुविधालाई ध्यान दिएर उक्त विद्युतीय स्कुटरको नयाँ संकरण ल्याइएको कम्पनीले जनाएको छ । विभिन्न ड्राइभिङ मोडमा चलाउन सकिने र दोस्रो यात्रीका लागि बस्ने पर्याप्त ठाउँको व्यवस्थासहित नयाँ स्कुटर ल्याएको कम्पनीले जनाएको छ ।

एमक्युआई प्लसमा स्मार्ट इलेक्ट्रिक स्कुटरमा हुनु पर्ने सबै विशेषता रहेको बताएको छ । कम्पनीका अनुसार ४८ भोल्ट र ३१ एएच लिथियम व्याट्रीरहेको छ । १५ सय वाटको बुस मोटर रहेको छ । ४५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति रहेको उक्त स्कुटर ५ ओटा रंगमा उपलब्ध रहेको छ ।

यी स्कुटरमा निउ एपसँग जोडिनाका लागि प्रिपेड सिमकार्ड लाग्ने व्यवस्था गरिएको जनाएको छ । उक्त सिमकार्डले रियल टाइमका साथै जिपिएस, चोरीबाट जोगाउने ट्रयाकिङलगायतका सुविधा उपलब्ध गराउने जनाएको छ ।
निउ कम्पनीले २०१५ देखि हालसम्म विश्वभरमा ७० लाख स्कुटर बिक्री गरिसकेको जनाएको छ ।

इको इनफिनिटीका निर्देशक प्रगुन राजभण्डारीले नियले भर्खर सार्वजनिक गरिएको एमक्युआई प्लससहित अन्य इलेक्ट्रिक स्कुटर, इलेक्ट्रिक साइकल तथा साइकलहरु उपलब्ध गराउँदै आएको बताए । शहरी आवतजावतलाई सन्तुष्ट बनाउने गरी कम्प्नीले आफ्ना उत्पादको डिजाइन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL