Logo

पिपुल्स हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

पिपुल्स हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

कम्पनीले लमजुङ्गमा निर्मााण गर्न लागेको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ मा लगानी गर्न आवश्यक स्व पुँजी समेत लगानी गर्न आफ्नो जारी पूँजी दुई अर्व पचहत्तर करोड मध्ये बयासी करोड पचास लाख बराबरको रु. १०० अंकित दरको ८२ लाख पचास हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका लगानी कर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकामा दोर्दी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना ७० प्रतिशत सम्पन्न भएको छ । आगामी २०७८ असोजभित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This