Logo

बहुप्रतिष्ठित सेडान गाडी ‘प्रोटन सागा’ नेपाली बजारमा सार्वजनिक, न्यूनतम मूल्य ३५ लाख

बहुप्रतिष्ठित सेडान गाडी ‘प्रोटन सागा’ नेपाली बजारमा सार्वजनिक, न्यूनतम मूल्य ३५ लाख



काठमाडौं । बहुप्रतिष्ठित सेडान गाडी ‘प्रोटन सागा’ नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोनका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले बुधबार भर्चुअल माध्यममार्फत साँगा सार्वजनिक गरेको हो । भर्चुअल माध्यमका साथसाथै कम्पनीले आफ्नो आधिकारीक फेसबुक पेज, युट्यूव, भाइबरलगायतका सामाजिक सञ्जालहरुमार्फत समेत एकैसाथ साँगा सार्वजनिक गरेको हो ।

laxmi

हालैमात्र सार्वजनिक साँगा चर्चित मलेशियन ब्राण्ड ‘प्रोटोन’को नवीन उत्पादन हो । जुुन उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान कार हो । १.३ लिटरको भीभीटी इन्जिन १२९९ सीसीमा उपलब्ध कारमा उत्कृष्ट पावर, पिकअप र युटिलिटी फिचर्स रहेका छन् । जुन सोही मोडलमा अन्य ब्राण्डहरुमा अतुलनिय रहेको कम्पनीको दाबी छ ।

आकर्षक लुक्स, पावर पर्फमेन्ससहित उपलब्ध प्रोटन साँगामा अतिरिक्त मनोरञ्जनका सेवा सुविधमा स्मार्टफोन कनेक्टिभिटी सहित ४२० लिटर क्षमताको ट्रंक रिलिज, लग्जरियस् सिटलगायत उत्कृष्ट सेफ्टि फिचर्ससहित एसआरएस एयर ब्याग्सको समेत उपलब्धता रहेका छन् । प्रिमियम प्रोडक्ट, उच्च टेक्नोलोजि र युटिलिटी फिचर्सले नेपाली उपभोक्ताहरुको मन जित्नेमा आफुहरु आशावादी रहेको जगदम्बा मोटर्सका उपाध्य दिपक अग्रवाल बताउँछन् ।

‘हामीले अहिले सम्मकै उत्कृष्ट सेडान गाडी प्रोटन साँगा नेपाली बजारमा ल्याएका छौं । लामो समयको अनुसन्धान परिक्षण पश्चात पहिलो पटक नेपाली बजारमा ल्याउन सफल प्रोटोन साँगा नेपाली माटो सुहाउँदो छ’ उपाध्यक्ष अग्रवालले भने, ‘हामीलाई विश्वास छ, यसले नेपाली उपभोक्ताहरुको मन जित्ने छ ।’ त्यसो त प्रोटन साँगा १३ सय सीसीमा प्रिमियम सेग्मेन्टमा आएको छ । लग्जरी सेडान कार साँगा कम्पनीले न्यूनतम ३५ लाखमा बजारमा उपलब्ध गराएको छ ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ । जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा बिक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन् । भने सो गाडीको प्रयोगकर्ता विश्वभरबाट लगभग ४.४ मिलियन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL