Logo

खुल्यो चन्द्रागिरी हिल्सको आईपीओ, कहिलेसम्म कति कित्तासम्म आइपीओ भर्न पाइन्छ ?

खुल्यो चन्द्रागिरी हिल्सको आईपीओ, कहिलेसम्म कति कित्तासम्म आइपीओ भर्न पाइन्छ ?



काठमाडौं । चन्द्रागिरी हिल्सले पुस २४ गते आज शुक्रवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ।

laxmi

पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन हुनेछ ।

यस आइपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । आइपीओ छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म विक्रीमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL