Logo

मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्टस्को नयाँ शाखा बालाजुमा

मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्टस्को नयाँ शाखा बालाजुमा



काठमाडौं । एसजी अर्गनाइजेसनअन्तर्गत मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्टस्को नेपालका लागि आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ । 

शाखा उद्घाटन काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, नेपाल रिकन्डिसन एसोसिएशनका भूपू अध्यक्ष बी.एन पाठक तथा नेपाल अटो ट्रेड युनियनका माधव पाण्डेले  संयुक्त रुपमा गरे । 

कम्पनीले बिक्री, स्पेयर तथा बिक्रीपछिको सुविधा तीनवटै सुविधासहितको उक्त शाखामा अत्याधुनिक प्रविधि र कुशल जनशक्ति परिचालन गरेको छ । अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको कम्पनीले ललितपुर र भक्तपुर पश्चात यो तेस्रो शाखा संचालनमा ल्याएको हो । 

आकर्षक मोडल र मूल्यमा उपलब्ध मोटरहेका अहिले ७ मोडलका बाइकहरु नेपाली ग्राहकहरुको रोजाइमा परेका छन् । नेपाल अधिराज्यभर प्राय सबै क्षेत्रमा उपलब्ध हुने यो बाइक चाइनामा निर्मित छ । ब्राण्डलाई अझ विश्वासिलो र भरपर्दो बनाउन शुरुवाती कालदेखि नै स्पेयर तथा सर्भिसमा विशेष ध्यान पु¥याउँदै आएको जानकारी कम्पनीले दिएको छ । 

हाल उपत्यकाका धोबिघाट, बालाजु, टेकु, मित्रपार्क चावहिल र भक्तपुर गरी ५ ठाउँमा शाखा संचालनमा छन् । यसैगरी, उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगंज, सुर्खेत, इटहरी, बिरगंजमा यसका शाखाहरु संचालनमा रहेका छन् । 

कम्पनीले बालाजु स्थित नयाँ शाखामा उद्घाटन विशेष अफरको रुपमा स्पेयर पाटर््समा १०% छुट, लेभर चार्जमा ५०% छुट तथा फ्री बाइक वासिङ र बाइक खरिद गर्दा रु.१५,००० छुटको व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL