Logo

अघि बढ्यो सिलिगुडी झापा पेट्रोलियम पाईपलाईनको निर्माण कार्य, ४० हजार किलोलिटर क्षमताको भण्डारण तयार पारिँदै

अघि बढ्यो सिलिगुडी झापा पेट्रोलियम पाईपलाईनको निर्माण कार्य, ४० हजार किलोलिटर क्षमताको भण्डारण तयार पारिँदै



काठमाडौं । नेपाल आयल निगमले सिलिगुडी झापा पेट्रोलियम पाईपलाईनको निर्माण प्रक्रिया अघि बढाएको छ । निगमले उक्त पाईपलाईनका लागि आवश्यक बोटलिङ प्लान्ट निर्माण प्रक्रिया अघि बढाएको हो । उक्त पाईपलाईनका लागि आवश्यक एलपीजे बोटलिङ प्लान्टका लागि ९० दिनको भण्डारण परियोजना कार्य सुरु भएको हो ।

laxmi

निगमले झापामा रहेको जग्गामा प्रदेश १ लाई आवश्यक ग्याँस र पेट्रोलियम पदार्थ भण्डारणका लागि ४० हजार किलोलिटर क्षमताको भण्डारण तयार पार्दैछ ।

उक्त परियोजनाका लागि नेपाली र भारतिय पक्षबाट पाईपलाईन सर्भे र उपयुक्त रुटको एकिन गर्ने काम भईसकेको छ । र यसका लागि ४ हजार मेट्रिक टन क्षमताको एलपी ग्याँस भण्डारण र बोटलिङ प्लान्ट निर्माण गर्नका लागि अन्तरराष्ट्रिय परामर्श दाता नियुक्त भई कामसमेत सुरु भईसकेको निगमले जानकारी दिएको छ ।

यस्तै निगमले भद्रपुर विमानस्थलमा रहेका ३० हजार लिटर क्षमताका २ रिफ्युलिङ ट्यांकलाई थप व्यवस्थित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL