Logo

कुलमान बाहिरिएसँगै विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मा कोइरालालाई

कुलमान बाहिरिएसँगै विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मा कोइरालालाई



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । ४ बर्षे कार्यकाल सकिएर प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएका हुन् ।

हाल प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा निमित्तको जिम्मेवारी दिइएको हो ।

घिसिङको ४ बर्षे कार्यकाल आईतबारबाट सकिएपनि सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले अर्को कार्यकारी निर्देशक नियुक्त गर्न नसकेपछि कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL