Logo

डिशहोमको डिलर दाईको डिस्काउन्ट योजना, २ जना भाग्यशाली विजेताले पाए एक–एक लाख

डिशहोमको डिलर दाईको डिस्काउन्ट योजना, २ जना भाग्यशाली विजेताले पाए एक–एक लाख



काठमाडौं । डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्तरगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । असार १९ गते देखि असार २५ गते सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नम्बर १००, सोकेश–२ च्यानल नम्बर र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुने डिश होमले जनाएको छ ।

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख नगद प्राप्त गर्नेछन् । यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासिड नम्बर ७१९१३०९४८७७, बिजेता बन्न सफल भएका छन् ।

डिश होमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिईने भएको छ । फन्ड ट्रान्सफरबारे जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने डिश होमले जनाएको छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो हरेक हप्ता लक्की ड्रमा सहभागी गराईने डिश होमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL