Logo

प्रधानमन्त्री ओलीले भने निजी क्षेत्रलाई अप्ठ्यारोमा पार्ने नियती सरकारको छैन

प्रधानमन्त्री ओलीले भने निजी क्षेत्रलाई अप्ठ्यारोमा पार्ने नियती सरकारको छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निजी क्षेत्रलाई दुख दिने क्रियाकलाप नगर्ने बताएका छन् । सोमबार नेपाल उद्योग परिषंघ (सीएनआई) को १७ औँ बार्षिक साधारणसभामा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई अप्ठ्यारोमा पार्ने नियति नभएको बताएका हुन । भिडियो कन्फ्रेन्समा बोल्दै उनले निजी क्षेत्रलाई अप्ठ्यारोमा नपार्ने उद्देष्यले नै अख्तियार आयोगको विधेयक हाललाई स्थगित गरेको बताए ।

उनका अनुसार निजी क्षेत्रनै राजस्व परिचालनमा प्रमुख स्रोत भएको समेत जानकारी दिए । यस्तै उनले कोरोना महामारीको अवस्थामा निजी क्षेत्रलाइ अप्ठ्यारोमा पानऐ सरकारको नीति नभएको बताए ।

यस्तै कार्यक्रममा श्रममन्त्री रामेश्वर राय यादवले श्रम बजारलाई व्यवस्थीत बनाउन विभिन्न कार्यक्रमहरु ल्याईरहेको समेत बताएका छन् । यस्तै सीएनआईका अध्यक्ष सतिश कुमार मोरले निजी क्षेत्रका विभिन्न समस्याहरु अर्थमन्त्री, प्रधानमन्त्री तथा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीसमक्ष राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL