Logo

लितेखोला जलविद्युतको उत्पादन बन्द हुँदा ६५ घरपरिवार अन्धकारमा

लितेखोला जलविद्युतको उत्पादन बन्द हुँदा ६५ घरपरिवार अन्धकारमा



काठमाडौं । बागलुङको गलकोट नगरपालिका–८ का ६५ घरपरिवार डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन । थालेपोखरा, फूलबारी र बतासे गाउँका स्थानीयवासीले प्रयोग गर्दै आएको स्थानीय लितेखोला लघु जलविद्युतपरियोजनामा समस्या आएपछि अन्धकारमा बस्न बाध्य भएका हुन ।

laxmi

डेढ महिनादेखि विद्युतउत्पादन हुन नसकेको सो लघुजलविद्युतपरियोजनाका अध्यक्ष छमबहादुर गलामीले बताए । उनले बन्दाबन्दी जारी रहँदा मर्मत गर्न नसक्दा लामो समयसम्म विद्युतअवरुद्ध भएको बताएका हुन । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नपुगेको थालेपोखरा, फूलबारी र बतासे गाउँमा लघुजलविद्युतले साँझको समयमा मात्र भए पनि उज्यालो दिँदै आए पनि उपकरण बिग्रिँदा अन्धकारमै रात बिताउनुपर्ने भएको स्थानीय देवबहादुर विकले बताए ।

साँझमा मात्रै सञ्चालन हुने लघुजलविद्युतबिग्रिएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । ‘केन्द्रीय प्रसारण लाइन जस्तो २४ सै घण्टा विद्युतआपूर्ति नभए पनि केही राहत हुँदै आएको थियो’, उनले भने, ‘केन्द्रीय प्रसारण लाइनका लागि विद्युतपोल गाडे पनि विद्युतबल्न सकेको छैन ।’
साँझ र बिहानमात्रै भए पनि लघुजलविद्युतले सहज पुर्याएको भए पनि विद्युतगृह मर्मत नहुँदा समस्या भएको अर्का स्थानीय तुलबहादुर विकले बताए । नेपाल विद्युतप्राधिकरणले गाउँमा केन्द्रीय प्रसारण लाइनको विस्तार थाले पनि विद्युतबाल्न सकिरहेको छैन ।

थालेपोखरासहित विद्युतनपुगेको गाउँमा विद्युतीकरणको काम तीव्र गतिमा भएकाले जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्याइने नेपाल विद्युतप्राधिकरण बागलुङ वितरण केन्द्रका इन्जिनीयर प्रमेध पङ्गेनीले जानकारी दिएका छन । विद्युतीकरणका लागि आवश्यक दुईवटा ट्रान्सफर्मरसमेत गाउँमा पठाइसकेका कारण विद्युतजडानको केही प्राविधिक काममात्रै बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL