Logo

बैशाख २६ गतेदेखि ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय, यस्तो छ मापदण्ड (सूची र भिडियोसहित)

बैशाख २६ गतेदेखि ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय, यस्तो छ मापदण्ड (सूची र भिडियोसहित)



काठमाडौं । सरकारले बैशाख २६ गतेदेखि विभिन्न क्षेत्रका गरी ४४ प्रकारका उद्योगहरु संचालनमा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले जारी लकडाउनलाई जेठ ५ गतेसम्म निरन्तरता दिँदै खाद्यान्न, अत्यावश्यीक वस्तु, निर्माणसँग आवद्ध लगायतका ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैंठकको निर्णय सुनाउँदै अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उच्च सतर्कता अपनाउँदै उद्योग व्यवसाय संचालन गर्न दिने निर्णय भएको बताए । जस अनुसार विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग तथा औद्योगिक क्षेत्रभित्र रहेका सम्पूर्ण उद्योगहरु सञ्चालनमा ल्याउने भएको छ । यसैगरी सडक, पुल, जलविद्युत अयोजनाको निर्माण कार्यसमेत अघि बढाईने भएको छ ।

यसैगरी तिनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने सिमेन्ट, रड लगायतका उद्योगका साथै मालसामान ढुवानीमा समेत सहजता ल्याइने भएको छ । तर त्यसरी उद्योग संचालन गर्दा सामाजिक दूरी कायम गर्दै मास्क, स्यानिटाइजरको प्रयोग तथा दैनिक रुपमा कामदार तथा कर्मचारीको स्वास्थ्य परीक्षण गर्नुर्ने छ ।

यसरी उद्योग संचालन गर्दा उद्योगीहरुले कर्मचारीलाई उद्योगभित्रै बस्ने व्यवस्था गर्नुपर्ने छ भने सोही अनुरुप खाजा तथा खानाको व्यवस्था समेत हुनुपर्ने छ । यदि कुनै उद्योभित्र कर्मचारी तथा श्रमिक राख्नका लागि स्थानको अभाव भएमा स्थानीय निकायसँगको समन्वय गरी राख्नुपर्ने छ । जसका लागि स्थानीय निकायले स्थान उपलब्ध गराउने छ ।

यसैगरी मालसामान ढुवानी गरेर काठमाडौं प्रवेश गर्दा सवारीसाधनमा चालक र सहचाल बाहेक अन्य व्यक्ति आउने पाईने छैन भने फर्कदा पनि सोही व्यक्ति मात्र हुनुपर्ने छ । अन्य व्यक्ति राखेको पाईने त्यस्ता सवारी साधनलाई जफत गरी कारकाही गरिने खतिवडाले जानकारी दिए ।

साथै मालसामान ढुवानी गर्दा खाजा तथा खानाको व्यवस्था गर्न निश्चित मापदण्ड तोकेर राजमार्गका होटल पनि संचालनमा ल्याईने भएको छ । विशेषगरी ५० किलोमिटरको दुरीमा होटल रेष्टुराँ संचालनमा ल्याईने समेत उनले जानकारी दिए ।

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैंठकले खुला गर्ने निर्णय गरेको ४४ उद्योगहरु

१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबै प्रकारका उद्योग

आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता

आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडा

Posted by Bizkhabar on Wednesday, 6 May 2020

प्रतिक्रिया दिनुहोस्
MBL