Logo

‘आइप्रो’का मोबाइल फोन नेपाली बजारमा आउँदै, एपेक्स ग्रुप आधिकारिक विक्रेता

‘आइप्रो’का मोबाइल फोन नेपाली बजारमा आउँदै, एपेक्स ग्रुप आधिकारिक विक्रेता



काठमाडौ । विश्वको टपटेन ग्लोबल मोबाइल फोन अवार्ड बिजेता मोबाइल ब्राण्ड आइप्रो नेपाली बजारमा भित्रिने भएको छ । नेपाली बजारमा आइप्रो ब्राण्डलाई प्रतिष्ठित व्यवसायिक घराना एपेक्स ग्रुपले भित्र्याउन लागेको हो ।

नेपालका लागि एकमात्र आधिकारीक आयातकर्ता तथा बिक्रेताको रुपमा एपेक्स ग्रुपले आइप्रो ब्राण्डका फिचर फोनहरु नेपाली बजारमा बिक्री गर्नेछ । पहिलो चरणमा कम्पनीले आइप्रोका सिमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने बिस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ ।

एपेक्सले आइप्रो ब्राण्डका फेशनेबल र लाइफस्टायलसँग जोडिएर उत्पादन भएका फोनहरु नेपालमा ल्याउन लागेको हो । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्य नजर गरेर आइप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो । एपेक्स ग्रुपका सेल्स हेड अशोक गौतमले बजारमा फिचर फोनको माग पनि उत्तिकै रहेको हुँदा विश्वको प्रमुख ब्राण्डलाई नेपालमा ल्याउन लागेको बताए ।

’हामीलाई नेपाली ग्राहकहरुबाट गुणस्तरीय फिचर फोनको माग भईरहेको र बजार अध्ययनमा पनि ग्राहकहरुले गुणस्तरयुक्त फिचर फोनहरु खोज्ने गरेकाछन्, त्यसैले हामीले विभिन्न अवार्डहरु जितेर अमेरिका र युरोपेली बजारमा निकै लोकप्रिय भएको आइप्रो ब्राण्डलाई ल्याउन लागेका हौं,’ सेल्स हेड अशोक गौतमले भने ।

उनकाअनुसार आइप्रोलाई छिटै नेपाली बजारमा ग्राहकहरुको हातहातमा पुर्याउने गरि योजना बनिरहेको छ । आइप्रोका फिचर फोनहरुमा ड्यूल सिम, वायरलेस एफएम, क्यामरा, मेमोरी कार्ड थप्नसकिने सुविधा, भिडियो रेकर्ड गर्नसकिने सुविधालगायतका विशेषताहरु हुनेछन् ।

अमेरिकी र यूरोपेली बजारमा आइप्रोका फोनहरु निकै रुचाईएको छ । जहाँ कम्पनीले दि लिडिङ्ग यूरोप डिजाइनिंग ब्राण्ड, रेड डट आईएफ ताथ वल्र्ड इन्डष्ट्रिअल डिजाइन अवार्डस, वल्र्ड मस्ट कन्जुमर ट्रस्टेड ब्राण्डसलगायतका अवार्डहरु हात पारेको छ ।

कम्पनीसँग आफ्नै अनुसन्धान तथा विकास क्षमता रहेको छ भने विश्वव्यापीरुपमा फोनहरु बिक्री गर्ने गर्दछ । सन् २००१ मा आइप्रो ब्राण्ड स्थापना भएको हो र हाल यसको आर एण्ड डिमा मात्रै ३ हजार भन्दा बढि कर्मचारीहरु रहेका छन् । आइप्रोले विश्वमै पहिलो पटक ड्यूल सिम ड्यूल स्ट्याण्डबाई जीएसएम मोबाइल फोन सन् २००७ मा लन्च गरेको थियो । जसले मोबाइल फोन उद्योगमा नै क्रान्ति ल्याएको थियो ।
आइप्रोले आफ्ना मोबाइल फोनहरु भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र यूरोपमा १०० भन्दा बढि देशहरुमा बिक्री गरिरहेको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL