Logo

एमभी दुगड़ ग्रुपको जलविद्युतमा फड्को, लिखु–एको भूमिगत संरचनाको निर्माण ८ महिनामै सम्पन्न

एमभी दुगड़ ग्रुपको जलविद्युतमा फड्को, लिखु–एको भूमिगत संरचनाको निर्माण ८ महिनामै सम्पन्न



काठमाडौं । प्रतिष्ठित व्यवसायिक घराना एमभी दुगड़ ग्रुपद्धारा प्रर्वद्धित लिखु–एको सुरुङ तथा सवै भूमिगत संरचनाको निर्माण ८ महिनामै सम्पन्न भएको छ । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा नेपालकै पुरानो र प्रतिष्ठीत औद्योगिक घराना एमभी दुगड़ ग्रुपद्धारा प्रवद्र्धित ३ वटा जल विद्युत आयोजनाहरु निर्माणको क्रममा रहेका छन् ।

निर्माणधीन आयोजना मध्येको सोलुखुम्बु जिल्लामा नुम्बुर हिमालय हाईड्रोपावर प्रालिद्धारा निर्माणाधीन २९ दशमलव ४ मेगावाट विद्युत क्षमताको लिखु–ए जलविद्युत आयोजनाको २ दशमलव ५ किलोमिटरको सुरुङ्ग तथा सवै भूमिगत संरचनाहरुको निर्माण कार्य ८ महिनाभित्रै सम्पन्न भएको छ । यो नै जलविद्युत आयोजना निर्माणको इतिहासमा छोटो समयमा सुरुङ्ग निर्माण पूरा भएको हुनसक्ने बताउँदै कम्पनीले निर्माणका क्रममा कर्मचारी तथा मजदूरहरुको निरन्तर मेहनतको प्रशंशा गरेको छ ।

‘नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, स्थानिय प्रशासन, सरकारी र गैह्सरकारी निकायहरु, स्थानिय जन समुदायहरु, राजनीतिक दलहरु, पत्रकारहरु, कम्पनीका कर्मचारीहरु लगायत सम्पूर्ण वर्गको सदाझै कम्पनीले आवश्यक सहयोग, सदभाव र माया पाएमा लिखु–ए जलविद्युत आयोजनाबाट आगामी २०७७ आषाढ महिना अगावै विद्युत उत्पादन गरी उक्त विद्युत देवीटारस्थित राष्ट्रिय प्रशारण लाईन न्यू खिम्ती विद्युत सव स्टेशनमा जोडिने छ र यसका लागी नै कम्पनीका कर्मचारीहरु अहोरात्र खटिरहेका छन’, कम्पनीद्धारा जारी विज्ञप्तिमा छ । ।

त्यस्तै गरी लिखु नदीमा ग्रुपद्धारा प्रवद्र्धित अन्य दुई जलविद्युत आयोजनाहरु ५५ मेगावाट क्षमताको लिखु–२ र ७७ मेगावाट क्षमताको लिखु–१ जलविद्युत आयोजनाहरु समेतको द्रुत गतिमा निर्माण कार्य भईरहेको ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बताए । एम.भी.दुगड़ ग्रुप द्धारा लिखु नदीमा प्रवद्र्धित तीनवटै परियोजनाहरुको जडित क्षमता १५८ मेगावाट हुनेछ । तीनवटै परियोजनाको पहुुँच मार्गलगायत स्थानिय जनसमूदायसमेतको लागि परियोजनाले आफ्नै खर्चमा न्यूनतम २० फुट चौडा र १२ महिना नै चल्न सक्ने ढंगले सडकको डिजाईन गरी नयां सडकलगायत सडकको स्तरोन्तिसमेत गरी लगभग १२५ किलोमिटर सडक निर्माण गरेको छ ।

यस्तै कन्स्ट्रक्सन पावरको लागि परियोजनाले ३३ केभि क्षमताको लगभग ४५ किलोमिटर लामो ट्रान्समिसन लाईन आफ्नै खर्चमा निर्माण गरिसकेको समेत जानकारी दिएको छ । यी परियोजनाहरुमा ‘विदेशी प्रत्यक्ष लगानी’ (एफडीआई) समेत आउने गरी लगानी सम्झौता समेत भई आवश्यक स्वीकृतिको लागि सम्वन्धित निकायमा प्रक्रियामा रहेको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL