Logo

लक्ष्मी कमर्सियल भेहिकलको गुर्जुधारामा नयाँ सर्भिस सेन्टर, नयाँ ट्रक र ट्रिपर सार्वजनिक

लक्ष्मी कमर्सियल भेहिकलको गुर्जुधारामा नयाँ सर्भिस सेन्टर, नयाँ ट्रक र ट्रिपर सार्वजनिक



काठमाडौं । लक्ष्मी कमर्सियल भेहिकलले गुर्जधारामा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले बिहीबार एक कार्यक्रमका बीच एकै छानामुनि सर्भिस सेन्टर र एसएमएल ईसुजुको ग्लोवल सिरीजको ट्रक र टिपरको नयाँ विश्वव्यापी श्रृंखला सार्वजनिक गरेको हो ।

लक्ष्मी कमर्सियल भेहिकल लक्ष्मी गु्रपको सहायक कम्पनी हो र यसले नेपालका लागि एसएमएल ईसुजुका सवारी साधनहरुको अधिकृत वितरकको काम गरिरहेको छ । कम्पनीले नेपालभर विक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ ।

कम्पनीले गुर्जुधारामा संचालनमा ल्याएको सेवा केन्द्र १ लाख वर्गफिट क्षेत्रमा फैलिएको छ । उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पिडिआइ केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ । उक्त केन्द्रमा प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुलाई सेवा दिइनेृ बताइएको छ ।

केन्द्रको उद्घाटन कार्यक्रममा कम्पनीले नेपाली बजारका लागि नयाँ ग्लोवल सेरिज ट्रक र टिप्पर पनि अनावरण गरेको छ । नयाँ ट्रक र टिप्परले इन्धन बचत, ड्राइभरको आराममा वृद्धि, राम्रो ड्रीभीलीटी उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL