Logo

प्लाष्टिक उत्पादक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा शर्मा सहित सवै निर्विरोध निर्वाचित

प्लाष्टिक उत्पादक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा शर्मा सहित सवै निर्विरोध निर्वाचित



काठमाडौं । नेपाल प्लाष्टिक उत्पादक संघले नयाँ कार्यसमिति चयन गरेको छ । संघको हालै सम्पन्न छैटौं वार्षिक साधारणसभामा शरद शर्माको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

साधारणसभाले उपाध्यक्षमा राजेश्वरलाल जोशी, महासचिवमा सन्तोष कुमार सेढाई र कोषाध्यक्षमा प्रबोध घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, कार्यसमिति सदस्यमा अञ्जन श्रेष्ठ, राहुल कुमार अग्रवाल, आनन्द वैद, रामकृष्ण ढुंगेल, विष्णु प्रसाद कोइराला, पंकज राठी र कृष्ण प्रसाद ढकाल निर्वाचित भएका हुन् ।

-बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL