Logo

नेपालमा भित्रियो ‘राग गोल्ड’ पान मसला, ब्राण्ड एम्बेस्डरमा राजेश हमाल

नेपालमा भित्रियो ‘राग गोल्ड’ पान मसला, ब्राण्ड एम्बेस्डरमा राजेश हमाल


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

५ माघ, काठमडौं । नेपालमा भारतीय पान मसला ‘राग गोल्ड’ले औपचारिक रुपमा विक्री शुरु गरेको छ । उक्त कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता नेपाल ओभर्सिस मार्केटिङले राग गोल्डलाई नेपाली जारमा ल्याएको हो ।

भारतीय कम्पनी गडफ्रे फिलिप्स इण्डीया (जीपीआइ) अन्तरगतको मोदी इन्टरप्राइजेज कम्पनीको उत्पादन राग गोल्ड पान मसलाको आज एक कार्यक्रमकाबीच लञ्च गरिएको थियो । उक्त राग गोल्डको प्रति प्याकेट मुल्य १२ रुपैयाँ पर्ने छ ।
कम्पनीले राग गोल्डले नेपालका लागि राजेश हमाललाई ब्राण्ड एम्बेस्डर बनाएको छ ।

जीडीआईका प्रमुख कार्यकारी अघिकृत भिषम भढेराले नेपाली उपभोक्ताहरु सम्वेदनशील हुँदहुँदै पनि गुणस्तरीय उत्पादन प्रयोग गर्न नपाएको बताउँदै राग गोल्डले उनीहरुका इच्छा पुरा गर्ने बताए । ‘नेपालमा गैरकानुनी रुपमा पान परागहरु आयात भइरहेको हुनाले गुणस्तरमा समेत कमि आएको छ’ उनले भने, ‘राग गोल्ड गुणस्तरिय हुनुका साथै मुल्य समेत राखिएको हुँदा नेपाली उपभोक्ताहरु ठगिँदैनन् ।’

rajesh-hamal-raggold

भढेराले ब्राण्ड एम्बेस्डरमा राजेश हमाल बनाएपछि यसको प्रचारप्रासरमा थप सहयोग पुग्ने बताए । ‘राजेश हमाल यस राग गोल्ड पान मसलाका लागि प्रफेक्ट छन् किनकि उनको र यस ब्राण्डको मान्यता मेल खान्छ,’ उनले भने, ‘उनको गुडवीलले हाम्रो ब्राण्डलाई विश्वव्यापी रुपमा पु¥याउन सहयोग गर्ने छ ।’

कार्यक्रममा नेपालका लागि आधिकारीक विक्रेता नेपाल ओभर्सिसका प्रबन्ध निर्देशक पवन अग्रवालले राग गोल्ड भित्रिएसँगै नेपाली उपभोक्ताले गुणस्तरिय पान मसला खान पाउने बताए । ‘हाल नेपालमा अनाधिकृति रुपमा पराग तथा गुट्खाहरु भित्रिरहेको छ,’ उनले भने, ‘राग गोल्डको आगमले सरकारको राजस्व बढ्नुका साथै नेपाली उपभोक्ताहरुले पनि गुणस्तरीय बस्तु उपभोग गर्न पाउनेछन् ।’

जीपीआइ भारतमा आन्तरिक सिगरेट उद्योगको सबैभन्दा ठूलो उत्पादक भएको कम्पनीको दावी छ । कम्पनीले गत आवमा भारतमा भारु भण्डै ४ हजार २ सय करोड बरावरको कारोवार गरेको बताएको छ । कम्पनीले चिया, पानमसला, चुइङ्ग र कन्फेक्सनरी लगाएतका बस्तुहरु उत्पादन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL