Logo

फुडमाण्डुको ‘मनसुन म्याजिक’ क्याम्पेनको सुरुवात, ७०% सम्मको डिस्काउन्ट

फुडमाण्डुको ‘मनसुन म्याजिक’ क्याम्पेनको सुरुवात, ७०% सम्मको डिस्काउन्ट



काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ ।

laxmi

यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्ने छन् । ‘भोक र झरी ? डन्ट वरी …बिकज फुडमान्डुमा अफर असारै भरी !!’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुले ग्राहकहरुलाई ७०% सम्मको भारी डिस्काउन्ट प्रदान गर्दैछ ।

साथमा सेल्स अफर अन्तर्गत ग्राहकहरुले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफरहरु काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेण्टहरुबाट पाउन सकिने छ ।

यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, ईनेशा भट्टराईले भनिन्, ‘यस क्याम्पेन मार्फत मनसुनको समयमा हाम्रा ग्राहकहरूलाई यस्ता अफरहरु प्रदान गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आप्mना ग्राहकहरूलाई सेवा दिने प्रयासमा निरन्तर नै लागिरहेका हुन्छौँ । ‘मनसुन म्याजिक’ ले ग्राहकहरुलाई थप सहज र सरल सेवा प्रदान गर्नेछ भन्नेमा हामी ढुक्क छौँ ।’

सेल्स अफरका साथसाथै फुडमाण्डुले मनसुन म्याजिक नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ जसअन्तर्गत ग्राहकहरुलाई ४०% सम्म छुट प्रदान गरिनेछ । उक्त डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकहरुले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउन सकिने छ । यो क्याम्पेन असार १४ देखि असार ३१ सम्म मात्र लागु हुुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL