Logo

भारतसँग विद्युत आयात अनुमति नवीकरण, नेपालमा लोडसेडिङको संकट टर्याे

भारतसँग विद्युत आयात अनुमति नवीकरण, नेपालमा लोडसेडिङको संकट टर्याे



काठमाडौँ । भारतबाट आयात हुँदै आएको बिजुली केहि घटेर आउने भएको छ । भारतले नेपालमा निर्यात गर्ने बिजुलीको परिमाण केहि घटाएर निर्यात अनुमति नवीकरण गरिदिएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार हालै भारतले नेपालमा पठाउने बिजुली प्रतिदिन ५ सय ५४ मेगावाट बिजुली ल्याउन दिने अनुमति दिएको हो । यसअघि नेपालले भारतबाट दैनिक ६ सय मेगावाट बिजुली आयात गर्दै आएको थियो ।

laxmi

पछिल्लो समय नेपालमा सुक्खायाम सुरु भएसँगै भारतबाट बिजुली आयात गर्दा पनि औद्योगिक करिडोरहरुमा दैनिक ८ देखि १० घण्टा बिजुली कटौति हुँदै आएको थियो । तर, यहि समस्यालाई पुर्ति हुनेगरी भारतले आगामी ३ महिनाका लागि ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउने अनुमति दिएको हो ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो ।

पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने शर्त छ । सोही अनुसार भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ । यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण नगरिरहेको अवस्था थियो । हरेक वर्ष एक आर्थिक वर्षभरको लागि अनुमति नवीकरण हुँदै आए पनि यस पटक भारतले तीन महिनाको लागि अनुमति नविकरण गरेको हो ।

भारतले यो अनमति नविकरण गर्न आनाकानी गरिरहेको बेलामा नेपालमा लोडसेडिङको डर पैदा भएको थियो । नेपालमा बर्खायाममा नदी प्रवाही जलविद्युत आयोजना प्रशस्तै भएकाले आवश्यकभन्दा बढी बिजुली उत्पादन हुने भएपनि सुक्खायाममा भने बिजुली अपुग हुँदै आएको छ । यहि अपुग बिजुलीलाई पुर्ति गर्न नेपालले सुक्खायाममा भारतबाट बिजुली आयात गर्ने र गर्मीयाममा भारतलाई बिजुली बेच्ने गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL