Logo

दरबारमार्गमा रिगल रेष्ट्रो एण्ड बार संचालनमा, विभिन्न परिकारसहित उत्कृष्ट सेवा दिने

दरबारमार्गमा रिगल रेष्ट्रो एण्ड बार संचालनमा, विभिन्न परिकारसहित उत्कृष्ट सेवा दिने



काठमाडौं । दरबारमार्गमा रिगल रेस्ट्रो एन्ड बार सञ्चालनमा आएको छ । आईतबार रिगल फ्लेभर्स रेस्टुरेन्ट एन्ड बारको भव्य उद्घाटन गरिएको हो । जीवन विज्ञानका अध्यक्ष एलपी भानु शर्माले रेस्टुरेन्ट उद्घाटन गर्दै बाँच्ने कला र आध्यात्मिक पक्षबारे छोटो प्रवचन दिएका थिए । कार्यक्रममा होटल व्यवसायी, मिडिया र रेस्टुरेन्ट टोली सहभागी रहेको सञ्चालक आकाश अधिकारीले जानकारी दिए ।

laxmi

सहरको मध्य भागमा रहेको अन्नपूर्ण आर्केड, दरबार मार्गको पहिलो तल्लामा यो रेस्टुरेन्ट छ । क्याजुअल डाइनिङ प्रतिष्ठानले विगत ६ महिनाअघि सञ्चालनमा ल्याए भए पनि यसको औपचारिक उद्घाटन आइतबार गरिएको हो ।
रेस्टुरेन्टमा स्वादिष्ट खानेकुराका विविध परिकार पस्कँदै आएको म्यानेजिङ डाइरेक्टर रेवन्तकुमार क्षेत्रीले बताए ।

उद्घाटन समारोहमा कैदीबन्दी र उनीहरूका परिवारलाई सहयोग गर्ने संस्था, कैदी सहायता मिशनले साना बच्चाहरूलाई पनि उपस्थित गराएको थियो । अतिथिहरूले ती बालबालिकासँगै बसेर खाना खाएका थिए । समुदायप्रति उत्तरदायी बन्ने प्रयासअनुरूप जेलजीवन बिताइरहेका बाबुआमाका बच्चालाई सहयोग गरिएको सञ्चालक अधिकारीले जानकारी दिए ।

उनले भने, ‘हामी चार युवाले भविष्यलाई ध्यानमा राखेर रिगल फ्लेभर्सले यस रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हौं । हामीले रेस्टुरेन्टसँगै बालबालिकालाई निम्त्याएर थोरै भए पनि सहयोग गरेका हौं । अन्यको लागि पनि यो एक उदाहरणीय बन्नेछ भन्ने हामीलाई विश्वास छ ।’

म्यानेजिङ डाइरेक्टरले समुदायलाई सहयोगी भाव राख्ने भावनाका साथ युवा मिलेर अन्य भूगोलको खोजी नगरी आफ्नै मातृभूमिका केही गर्न लागेको सन्देश पनि दिने प्रयास गरिएको बताउँछन् । युवा पुस्ता स्वदेशमा निराश भएर विदेश गइरहेका बेला विदेशमै अध्ययन गरेर आएका आकाश अधिकारीसहितको टिमले सञ्चालनमा ल्याएको यो रेस्टुरेन्ट युवा पुस्ताका लागि अनुकरणीय हुने विश्वास गरिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL