Logo

महासंघको सामाजिक उत्तरदायित्व, भुकम्प पीडितलाई २२ लाख बराबरको राहत

महासंघको सामाजिक उत्तरदायित्व, भुकम्प पीडितलाई २२ लाख बराबरको राहत



काठमाडौं । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट पीडित जनताका लागि नेपाल उद्योग वाणिज्य महासंघले हालसम्म करिब २२ लाख रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरेको बताएको छ ।

laxmi

महासंघका स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिका सभापति भक्तबहादूर हमालकाे संयाेजकत्वमा महासंकै कर्णाली च्याप्टरमार्फत कार्तिक १७ गते पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरिएको थियो । त्यसपछि कर्णाली च्याप्टरमार्फत नै राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

महासंघले काठमाडौंमा गृहमन्त्रालयको विपत व्यवस्थापन समितिमार्फत कार्तिक २२ गते तेस्रो खेपको राहत सामाग्री हस्तान्तरण गरेको छ ।

महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । यसैगरि अन्य संघसंस्था मार्फत संकलित राहत सामाग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको सभापति हमालले जानकारी दिए ।

महासंघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक संघ संस्थाहरूलाई उद्दार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ भने सहयोग आउने क्रम जारी छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL