Logo

डिसहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’, रिचार्जमा राईले जिते एक लाख रुपैयाँ नगद

डिसहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’, रिचार्जमा राईले जिते एक लाख रुपैयाँ नगद



काठमाडौँ । हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना अन्तर्गत ७१९०६२१७२८७ कास आइडीका ग्राहक भुपाजित राईले नगद एक लाख रुपैयाँ जितेका छन् । सोमबार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद रु एक लाख जितेका हुन् ।

laxmi

नेपालकै अग्रणी डि।टि।एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL