Logo

स्वस्तिक रोलिङ मिल्सले पायो टाटा आइरन एन्ड स्टिलको ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’

स्वस्तिक रोलिङ मिल्सले पायो टाटा आइरन एन्ड स्टिलको ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’



काठमाडौं ।  सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ । कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई अवार्डले सम्मानित गरेका हुन् । ।

laxmi

सुनसरीको स्वस्तिक रोलिङ मिल्सले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको छ । स्वस्तिक रोलिङ मिल्सले व्यावसायिक उत्पादनको छोटो समय भित्रै टाटा आइरन एन्ड स्टिलबाट अवार्ड लिन सफल भएको छ । बजरंग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको छ ।

Shivam Cement
उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ । एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ । स्वस्तिक रोलिंग मिल्सद्वारा उत्पादित बजरंग स्टीलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरिसकेको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL