Logo

खानेपानीको जारको ४७ र बोतलको १६ रुपैयाँ भन्दा बढी नलिन आग्रह, बढी लिएको पाईएमा संघले कारबाही गर्ने

खानेपानीको जारको ४७ र बोतलको १६ रुपैयाँ भन्दा बढी नलिन आग्रह, बढी लिएको पाईएमा संघले कारबाही गर्ने



काठमाडों । नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा तोकिएको मूल्यभन्दा बढी मूल्य नलिन आग्रह गरेको छ । सङ्घले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएपछि बढी शुल्क नलिन व्यवसायीलाई आग्रह गरेको हो ।

laxmi

सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको बताए । यस्तो अवस्थामा सङ्घले बजार अनुगमलाई तीव्रता पार्न खोजेको उनको भनाई छ । उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैँयासम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैँयासम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैँयासम्म र बोतलको पानीमा प्रतिवोतल २० रुपैँयासम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुने उनको भनाई छ ।

सङ्घले पानीको बजार अनुगमन गर्नका लागि सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको बताएको छ । उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्ने पनि उनले बताए । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गगरेका छन् ।

हाल काठमाडौं उपत्यकाभित्रमा मात्र दैनिक २ लाख ५० हजार जार खपत हुँदै आएको छ । नेपालबाट आर्थिक वर्ष २०७९÷८० मा मात्र ६० करोड मूल्य बराबरको पानी विदेश निर्यात भएको सङ्घले जनाएको छ । हाल काठमाडौँ उपत्यकाभित्र झण्डै २०० र देशभर ५०० भन्दा बढी पानी उद्योग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL