Logo

पोखरा विमानस्थलमा हवाई इन्धन डिपो शिलान्यास, ईन्धन भण्डारण गृहको उद्घाटन

पोखरा विमानस्थलमा हवाई इन्धन डिपो शिलान्यास, ईन्धन भण्डारण गृहको उद्घाटन



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले पोखरामा हवाई इन्धन डिपोको सिलान्यास तथा नव निर्मित ईन्धन भण्डारण गृहको उद्घाटन गरेका छन् ।

laxmi

मन्त्री रिजालले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपोको सिलान्यास तथा ूपेट्रोलियम पदार्थको भण्डारण वृद्धि परियोजनाू अन्तर्गत नेपाल आयल निगमले निर्माण गरेको १० हजार किलो लिटर डिजलको भण्डारण गृहको उद्घाटन गरेका हुन् ।

उर्जा पुर्वाधार विकास तथा देशको उड्डयन क्षेत्रलाई थप प्रगतिको पथमा अघि बढाउने महत्वपूर्ण घडीको शुरुवात भएको बताउँदै रिजालले डिपो संचालन पश्चात निगमले उड्डयन उद्योगलाई बिश्वस्तरिय हवाई इन्धन र रिफ्युलिंग सुविधाहरु उपलब्ध गराउने विश्वास व्यक्त गरे । हवाई इन्धन डिपोको निर्माण तथा संचालनले पर्यटन प्रवर्दन र आर्थिक वृद्धिलाई समेत प्रोत्साहन गर्ने बताउँदै मन्त्री रिजालले देशको सामाजिक तथा आर्थिक बिकासमा थप योगदान पुर्याउनेमा आफु बिश्वस्त रहेको स्पष्ट पारे ।

मन्त्री रिजालले पेट्रोलियम उर्जामा पहुँच अभिवृद्धि कार्यले औधोगिक विकासलाई अगाडी बढाउँ तथा नागरिकहरुको जीवनस्तर सुधार गर्न तथा अवसरको वातावरण बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। इन्धन भण्डारण गृहको निर्माण उर्जा पूर्वाधारलाई बलियो बनाउने र राष्ट्रको उर्जा सुरक्षा सुनिश्चित गर्ने सरकारको प्रतिबद्दताको प्रमाण रहेको समेत मन्त्री रिजालले बताए ।

मन्त्री रिजालले परिआएको अवस्थामा देशका अन्य क्षेत्रका लागि समेत डिपोमा बिस्तारित भण्डारण क्षमताले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । यसले उच्च माग वा अप्रत्यासित परिस्थितिहरुमा इन्धन अभावको जोखिमलाई कम गर्न सक्ने बिश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL