Logo

घट्यो डिजेलको मूल्य, खाना पकाउने ग्याँसको मूल्य स्थिर

घट्यो डिजेलको मूल्य, खाना पकाउने ग्याँसको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाएकोहो ।

laxmi

यस्तै निगमले आन्तरिकतर्फको हवाई ईन्धनमा प्रतिलिटर १४ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको छ ।

अब पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ ।
निगमले खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL