काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै २३ सय १० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।