Logo

सामसुङले ल्यायो एम१४ फाइभजी स्मार्टफोन, ५० एमपीको ३ वटा क्यामरा र ५ एनएम प्रोसेसर

सामसुङले ल्यायो एम१४ फाइभजी स्मार्टफोन, ५० एमपीको ३ वटा क्यामरा र ५ एनएम प्रोसेसर



काठमाडौं । नेपालको लोकप्रिय स्मार्टफोन ब्राण्ड, सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य अरु पनि धेरै विषेशताहरु भएको ग्यालेक्सी एम १४ छन् मोबाइल बजारमा उपलब्ध गराएको छ ।

laxmi

“ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरुको माया प्राप्त गर्दै आएकोे छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५ जि मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ । यो मोडल ५० एमपिको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री, र ५जि ब्याण्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर ५ जि डिभाइस हो ।” मोबाइलको बारेमा जानकारी दिंदै सामसङ नेपाल, मोबाइल बिजनेसका डाइरेक्टर श्री प्रणय रत्न स्थापितले भन्नु भयो ।

मोन्स्टर क्लिक्स

ग्यालेक्सी एम १४ ५ जिमा ५० एमपिका ३ वटा क्यामराहरु रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सक्षम बनाउँदछ । यस्तै, यसमा सेल्फि खिच्नका लागि १३ एमपिको फ्रन्ट क्यामरा जडित छ । यसैले कुनै पनि बेला ग्यालेक्सी एम १४ ५ जिको अद्भुत क्यामराले तपाईंलाई शानदार फोटोहरु दिलाउनेछ ।

मोन्स्टर पावर

यसमा भएको विशाल ६००० एमएएच ब्याट्रीले ग्यालेक्सी एम १४ ५ जिलाई “पावर मोन्स्टर” बनाइदिएको छ, जुन बिना चार्ज २ दिनसम्म लगातार चल्न सक्छ । तपाईंले मोबाइलको ब्याट्री जीवनको कुनै परवाह नगरी घण्टौं घण्टासम्म लगातार ब्राउज एण्ड बिन्ज गर्न सक्नु हुनेछ । स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङ्गलाई पनि सपोर्ट गर्ने भएकोले तपाईंको फोन छिट्टै चार्ज हुन सक्छ।

मोन्स्टर पर्फरमेन्स

ग्यालेक्सी एम १४ ५ जि “पर्फरमेन्स मोन्स्टर” पनि हो, जसमा अग्रणी ५ एनएम एक्जिनस १३३० प्रोसेसर जडित छ । यो चिपसेटले प्रयोगकर्ताहरुलाई कुनै बाधा बिना बहु कार्यहरु गर्न मद्दत गर्दै उत्कृष्ट पर्फरमेन्स प्रदान गर्दछ । यसमा पावर गुणदायक सिपियु संरचना छ र यसले उत्कृष्ट गेमिङ्ग अनुभवका लागि सहज र थ्री डि ग्राफिक्स उपलब्ध गराउँछ । ग्यालेक्सी एम १४ ५ जि मा भएको रयाम प्लस् विशेषताले १२ जिबिसम्म ¥यामको क्षमता बढाउन सकिन्छ ।

मोन्स्टर मनोरन्जन

ग्यालेक्सी एम १४ ५ जि मा ६.६ इन्चको एचडि प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ । ठूलो स्क्रिनले उपभोक्ताहरुका लागि सामाजिक सञ्जाल फिड मार्फत् स्क्रोल गर्न सजिलो बनाइदिन्छ । बिन्ज दर्शकहरुले सहजताका साथ आफ्नो प्रिय मनोरञ्जनको मज्जा लिन सक्नेछन् ।

मोन्स्टर कनेक्टिभिटी

ग्यालेक्सी एम १४ मा छन् नेटवोर्क पनि सहजताको साथ प्रयोग गर्न सकिने भएको ले, यो मोबाइल भविष्यको लागि तयार रहेको छ । तपाईं देश बाहिर जाँदा पनि यो छन् कनेक्टिभिटीको आनन्द उठाउन सक्नु हुनेछ ।

मोन्स्टर अनुभव

जब व्यक्तिगत डेटा र अनुप्रयोगहरू भण्डारण गर्ने कुरा आउँछ, त्यो बेला ग्यालेक्सी एम १४ ५
ले परिष्कृत सुरक्षा र गोपनीयताको लागि सुरक्षित फोल्डरलाई समर्थन गर्दछ । यसले भ्वाइस फोकसलाई पनि समर्थन गर्दछ र यसमा तपाईंको वित्तीय एप्लिकेसनहरु, निजी आइडिहरु र अन्य गोप्य कागजातहरु स्टोर गर्नका लागि सामसङ वालेट पनि उपलब्ध छ । यसैगरी यो मोबाइल एण्ड्रोइड १३ मा आधारित वान युआइ ५.१ कोर जडित छ । सामसङले ग्यालेक्सी एम १४ ५जिको लागि २ पुस्तासम्म ओएस स्तरोन्नति र ४ वर्षसम्म सुरक्षा अद्यावधिक प्रदान गर्नेछ ।

मेमोरीका प्रकारहरु, मुल्य र उपलब्धता

ग्यालेक्सी एम १४ ५ जि तीन आकर्षक रंगहरूमा उपलब्ध छ (आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल) ६ प्लस १२८ जिबियुक्त ग्यालेक्सी एम १४ ५ जि रु.२४,९९९ मा उपलब्ध छ । यो मोडल २०२३ मे ३ देखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL