Logo

भारतबाट घटेर आयो पेट्रोलियमको मूल्य, निगमले के गर्ला ?

भारतबाट घटेर आयो पेट्रोलियमको मूल्य, निगमले के गर्ला ?



काठमाडौं । भारतीय आयल निगमले नेपाललाई घटेको पेट्रोलियम पदार्थको मूल्यसूची पठाएको छ । प्रत्येक महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउने गरेको भारले यसपल्ट पेट्रोल र डिजेलको घटेको मूल्यसूचि पठाएको हो । यसपल्ट भारतले पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले घटेको मूल्यसूची पठाएको छ ।

laxmi

हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ६५ रुपैयाँ हवाई इन्धन १ सय ६० रुपैयाँ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

यसअघि नेपाल आयल निगमले डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले कटौति गरेको थियो । अब नेपाल आयल निगमले यसपल्ट भने तेलको मूल्य घटबढ हुने बिषयमा मंगलबार निर्णय गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL