Logo

नेपालमा ‘मेटा’ को आधिकारिक बिक्रेताको रूपमा ‘एचटीटीपूल बाइ एल्फ’ नियुक्त

नेपालमा ‘मेटा’ को आधिकारिक बिक्रेताको रूपमा ‘एचटीटीपूल बाइ एल्फ’ नियुक्त



काठमाडौं । मेटाले एचटीटीपूल बाइ एल्फलाई नेपालमा आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ । यस नियुक्ति सँगै एचटीटीपूल बाइ एल्फद्वारा स्थानीय विज्ञापनकर्ताहरू तथा एजेन्सीहरूलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्न योग्य हुनेछ ।

विश्वभर मेटाको सेल्स टिमकोरूपमा मेटाका आधिकारिक बिक्रेताहरूले प्रतिनिधित्व गर्छन् । मेटाको आधिकारिक बिक्रेता बन्नको लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीहरूको लागि विश्वस्तरको सहायता सुनिश्चित गर्दछ ।

एल्फ ‘एचटीटीपूल बाइ एल्फ’को होल्डिङ कम्पनी हो । यो सन् २०१८ देखि आधिकारिक बिक्रेताको रूपमा आवद्ध भई मेटाको विकास मात्र नभई स्थानीय विज्ञापन जगतमा एजेन्सी तथा विज्ञापनकर्ताहरू र साना–मध्यम व्यवसायहरुलाई डिजिटल मार्केटिङमा मद्दत पुर्याउँदै आइरहेको छ ।

एल्फले डिजिटल मार्केटिङमा उत्कृष्टता कायम राखेको छ भने अफ्रिका, मध्य पूर्वी यूरोप र एशिया–प्रशान्त क्षेत्र सहित विश्वका धेरै क्षेत्रहरूमा स्थानीय टोलीहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL