Logo

भाटभटेनीमा पनि नेपाल–पेको क्युआर चल्ने, सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने

भाटभटेनीमा पनि नेपाल–पेको क्युआर चल्ने, सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने



काठमाडौं । नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाटभटेनी सुपर मार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । नेपाल पे क्युआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्ट आइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा सोको फोकसवान् सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डाइनामिक नेपाल पे क्युआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले जानकारी दिएको छ ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट नेपाल पे चल्ने यकिन गर्न उक्त एपको क्यआर स्कान स्क्रिनमा नेपाल पे को लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडवील फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, एमओआरयु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।

नेपाल पे क्युआरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक मार्फत हालसम्म स्टाटिक क्युआर, डाइनामिक क्युआर, क्युआर गेटवे र क्युआर पसमार्फत ७० हजार भन्दा बढि मर्चेन्टहरू आबद्ध भइसकेका एनसीएचएलले जानकारी दिएको छ ।

एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

नेपाल सरकारको राजस्व भुक्तानी समेत क्युआरबाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपालपे क्युआर थप गरिएको छ, जस अन्तर्गत उक्त क्युआर स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्टआइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी समेत गर्न सकिने भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL