Logo

वर्ल्डलिंक कम्युनिकेसन २८औं वर्षमा प्रवेश, ७३ जिल्लामा सेवा विस्तार

वर्ल्डलिंक कम्युनिकेसन २८औं वर्षमा प्रवेश, ७३ जिल्लामा सेवा विस्तार



काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आफ्नो स्थापनाको २७ वर्ष पुरा गरी २८ औं वर्षमा प्रवेश गरेको छ । ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीको यात्राले २७ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल भएको छ ।

कम्पनीले देशको ७३ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी सफलता पूर्वक सञ्चालन गरिरहेको छ भने यहि वर्ष सेवा विस्तार गरी ७७ वटै जिल्लामा सञ्चालन गर्नेछ । कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो ।

आजको दिनमा देशभर ७ लाख घरमा इन्टरनेट जडानसहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउँदै आइरहेको सबैभन्दा ठूलो कम्पनीको रुपमा वर्ल्डलिंकले स्थापित भएको छ । देशको इन्टरनेट सुरुवाती समयदेखि आजका दिनसम्म भएको सबै उतरचढावहरू भोगेको यस कम्पनीले अहिले १४००० हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ भने यो बर्षभित्र ३०००० स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।

कम्पनीले इन्टरनेट सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि क्रमबद्ध रुपमा आयोजना गर्दै आइरहेको छ । कम्पनीका निर्देशक मनोज अग्रवालका अनुसार यो वर्षमामात्रै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सफल्ता पूर्वक सम्पन्न भएका छन् । हाल कम्पनीको देशभरका शाखामा कुल ५५ सयले रोजगारी पाइरहेको उनले बताए । “नेपालको डिजिटल पूर्वाधार निर्माणमा वर्ल्डलिंकको योगदान उल्लेखनिय छ,” उनले भने, “देशमा सञ्चार सेवालाई विस्तार गर्न कम्पनीले पूर्वाधार निर्माणमा महत्वपूर्ण भुमिका खेलेको छ ।”

प्रतिक्रिया दिनुहोस्
MBL