Logo

आईएमई लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम आयोजना, ५७१ जना रक्तदाता सहभागी

आईएमई लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम आयोजना, ५७१ जना रक्तदाता सहभागी



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्त दान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए ।

कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराहि, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिए ।

२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आई.एमÞ Þई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिकबीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताए । जीवन बीमा बारे जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ जीवन बीमा ब्यवसाय सञ्चालन शुरु गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL