Logo

बर्जर पेन्ट्स नेपालद्वारा बर्जर फेस्टिभ राईडका विजेता घोषणा, नारायणघाटका भट्टले पाए बम्पर पुरस्कार यामाहा एफजेड

बर्जर पेन्ट्स नेपालद्वारा बर्जर फेस्टिभ राईडका विजेता घोषणा, नारायणघाटका भट्टले पाए बम्पर पुरस्कार यामाहा एफजेड



काठमाडौं । बर्जर पेन्ट्स नेपालद्वारा बर्जर फेस्टिभ राईडका विजेता घोषणा गरिएको छ । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सको बर्जर फेस्टिभ राईड ग्राहक योजना अन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेड – २५को विजेता अर्जुन भट्ट भएका हुन्

laxmi

नारायणघाटका भट्टले बम्पर पुरस्कार यामाहा एफजेड– २५ पाउने भएका छन् भने जनकपुरका भरत शाहलार्य प्रथम पुरस्कार यामाहा फसिनो १२५ एफआई १ र धनगढीका भिष्म ओझा र शिव भण्डारीले दोस्रो पुरस्कार सामसुङ्ग एस२१ मोवाईल पुरस्कार पाउने भएका हुन् ।

२०७८ सालको दशैं तिहारको अवसरमा संचालन गरिएको यस योजना अन्तर्गत ग्राहकहरुले चयन गरिएका बर्जर पेन्ट्का उत्पादनहरु खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस स्योर सट उपहार प्राप्त गर्नु भएको थियो । साथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामा सहभागी भई अन्य आकर्षक उपहारहरु जित्ने अवसर पनि दिइएको थियो । योजनामा सहभागी ग्राहकहरुमध्येबाट ५४ जना विजेताहरुको घोषणा प्रत्यक्ष लक्की ड्र बाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL