Logo

ललितपुर सबस्टेशनका प्रमुख सुपरभाईजर पक्राउ, पोल सार्न स्थानीयसँग १ लाख ४० हजार घुस मागेको आरोप

ललितपुर सबस्टेशनका प्रमुख सुपरभाईजर पक्राउ, पोल सार्न स्थानीयसँग १ लाख ४० हजार घुस मागेको आरोप



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीले विजुलीको पोल सार्नका लागि घुस मागेको देखिएको छ । खख्तियार दूरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको ग्रिड महाशाखा पाटन ललितपुर सबस्टशेनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

laxmi

प्राधिकरणले गाडेको पोल सार्नका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले पहाडीलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

जीर्ण भएको काठको पोल सार्ने प्रयोजनार्थ पहाडीले सेवाग्राहीसँग घुस मागेको आयोगको दावी छ । आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL