Logo

हिमालयन ऊर्जाको १९ मेवा विद्युत फागुनभित्रै राष्ट्रिय प्रशारणलाईमा, विद्युत ब्यापारबाट उच्च आम्दानी

हिमालयन ऊर्जाको १९ मेवा विद्युत फागुनभित्रै राष्ट्रिय प्रशारणलाईमा, विद्युत ब्यापारबाट उच्च आम्दानी



काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी (हुर्जा)ले आफ्ना दुई आयोजनाबाट उत्पादित विजुली फागुन अन्तिम साताबाट प्रशारणलाईनमा जोड्ने भएको छ । तत्कालका लागि १३२ केभी प्रशारणलाईनमा जोड्न नसकिएपनि ३३ केभीबाट राष्ट्रिय प्रशारण लाईनमा पठाउन लागिएको कम्पनीका संचालक सरोजकुमार उपाध्यायले जानकारी दिए । ‘हामीले ३३ केभीमार्फत फागुन भित्रै राष्ट्रिय प्रशारणलाईनमा विद्युत पठाउने तयारी गरिहेको छौं,’ उनले भने, ‘सोका लागि हामी अन्तिम चरणमा छौं ।’

laxmi

हुर्जाले १२ मेगावाटको अपर खिम्ती र ७ मेगावाटको अपर खिम्ती–२ गरेर दुई वटा आयोजना निर्माण गरेको छ । उक्त आयोजनाले २०७७ फागुनदेखिनै विद्युत उत्पादन शुरु गरेपनि प्रशारणलाईन अभावका कारण हालसम्म राष्ट्रिय प्रशारणलाईनमा जोडिन सकेको छैन । प्राधिकरणसँग भएको सम्झौता अनुरुप १३२ केभी प्रशारणलाईनमा विद्युत प्रबाह हुनुपर्ने भएपनि तत्काल उक्त प्रशारणलाईन नबनेकाले ३३ केभी प्रशारणलाईनमा जोड्न लागिएको हो । सम्झौता अनुरुप आयोजना सम्पन्न हुँदा प्राधिकरणले प्रशारणलाई बनाईदिनुपर्ने भएपनि हालसम्म नबन्दा १ बर्षदेखि आयोजनाबाट उत्पादित विजुली खेर गईरहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत प्रशारणलाईनमा नजोडिदा पनि एकदमै न्यून घाटामा रहेको छ । सो कम्पनीको २०७८ पुस मसान्तसम्ममा जम्मा १ लाख ४० हजार रुपैयाँ मात्र घाटामा रहेको छ । कम्पनीले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा आईपुग्दा ५५ प्रतिशतले नोक्सनी घटाएको हो ।

साथै कम्पनीले सो अवधिमा आफ्ना अन्य आयोजनामा ९ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । यहिँ फागुन अन्तिमदेखि राष्ट्रिय प्रशारणलाईनमा जोडिएसँगै कम्पनीले विद्युत ब्यापारबाट राम्रो आम्दानी गर्ने जानकारी दिएको छ । दुई ओजना आयोजनागरी कुल १९ मेगावाट क्षमता रहेको सो आयोजनाबाट हिउँदको समयमा सोभन्दा कम विद्युत प्रशारणलाईनमा जोडिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत प्रशारणलाईनमा नजोडिदा प्रति सेयर आम्दानी ०.०१४ रुपैयाँ नोक्सानीमा रहेको हिमालयन ऊर्जाको विजुली बढेसँगै त्यसमा समेत उल्लेखनीय सुधार हुने जानकारी दिएको छ । न्यून लागत रहेको सो आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जोडिएसँगै उच्च प्रतिशत दिने देखिएको छ । हाल हुर्जाको ९९ लाख कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्जमा सुचिकृत छ । जसमध्ये सर्वसाधारणमा जारी गरेको १५ लाख कित्ता सेयर मात्र दोस्रो बजारमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL