Logo

यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज, उच्चतम फ्यूल इफिसिएंसीका लागि र्‍याली

यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज, उच्चतम फ्यूल इफिसिएंसीका लागि र्‍याली



काठमाडौँ  । रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको सर्व विदितै छ । जनवरी २४, २०२१ मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा सुनील राजवंशी प्रतिलिटर ७८.८२ किलो मिटर माइलेजका साथ अन्तिम विजेता बने ।

फेरी, उच्चतम फ्यूल इफिसिएंसीका लागि  रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली शुक्रबार, मंसिर १७ मा आयोजना गरिएको थियो ।

बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको दौड यामाहा शोरुम बल्खुबाट सुरु भएको हो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, बल्खुमा बिहान ९ बजे र्‍याली सुरु गर्न बिहान ९ बजे आइपुग्न भनिएको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको ट्रेलको कुल दूरी करिब १६ किलोमिटर रहेको थियो ।

यस पटकको र्‍यालीको बिजेता प्रति लिटर ६१.४२ किलोमिटरका साथ उज्वला घिमिरे बनिन् । त्यसैगरी, प्रति लिटर ५८.९६ केमीका साथ सुमन महर्जन दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । र सुनिल लम्साल प्रति लिटर ५७.६ केमीका साथ तेस्रो भएका छन् ।

यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने  एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर-कूल्ड, फ्युल-इन्जेक्टेड (Fi), १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली  बनाइएको छ ।

“नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। हामी विश्वास गर्छौँ कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । र हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ।” एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।

बाइक इन्डिया अवार्डले भर्खरै यामाहा नेपाललाई रेजेडआर १२५ एफआईलाई वर्षको उत्कृष्ट स्कुटर अवार्ड प्रदान गरेको छ। अवार्डसँगै स्कुटरको लोकप्रियता र विश्वसनीयता बजारमा थप चुलिएको छ ।

यामाहा नेपालले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूमा विश्वास बनाइराख्न  ग्राहकहरू स्वयम्‌लाई संलग्न गरी यस किसिमका र्‍याली निरन्तरता दिइरहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL