GBIME

निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन, ८ प्रतिशत बोनस सेयर दिने


बिजखबर संवाददाता
11 October, 2021 12:32 pm

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ ।

Bajaj
Nabil
Yamaha

नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।

असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । योसँगै अब निफ्राले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने छ ।

jagadamba_cement

यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom